प्रेस चौतारी नेपाल काठमाडौँको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।
बुधबार सम्पन्न काठमाडौँ जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो। उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित भएका छन्।
सचिवमा श्रीकृष्ण ढकाल, सहसचिव राजु नापित, उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरिप्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली निर्वाचित भएका छन्।

