आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल पार्टी कार्यालयमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्।  

आगजनी भएको एकसतापछि पेरिसडाँडा पुगेर उनले पार्टी कार्यालयको अवलोकन गरेका हुन्। जेनजी प्रदर्शनका क्रममा गत मंगलबार माओवादीको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। आगजनीबाट पार्टी कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ।  

अवलोकनपछि अध्यक्ष दाहालले सशस्त्र युद्ध र जेन–जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *