परिभाषाविहीन, दिशाविहीन र नीतिविहीन राजनीति भइरहेको छ : ओली

काठमाडौं ।** नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।

आइतबार एमाले सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटो हुने भए पनि अहिलेको सरकारको सुरुवात नै षड्यन्त्र र हिंसात्मक गतिविधिबाट भएको आरोप लगाए।

ओलीले लोकप्रियता हासिल गर्ने नाममा ‘पपुलिज्म’को भद्दा अभ्यास भइरहेको टिप्पणी गर्दै यसले राजनीति र समाजमा विकृति बढाएको बताए।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *