नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएको छ।


टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो।

video link https://www.facebook.com/share/v/193r2KPtLT

Leave a Reply

Your email address will not be published. Required fields are marked *